पूर्वाञ्चल खबर
रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकार र सुटरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह र मोहमद इव्रान मियाँ, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको मुख्य कारण व्यक्तिगत दुस्मनी रहेको खुलेको छ। पक्राउ परेकामध्ये राजेश साहको मृतक चौधरीसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न राजेशले हत्याको योजना बनाएको पाइएको छ।