पूर्वाञ्चल खबर
विद्यार्थी राजनीतिबाट उदाएका खतिवडा आज विराटनगरमा आयोजित एकता सन्देश सभामा एमाले छाडेर नेकपा प्रवेश गरेका हुन् ।
खतिवडालाई नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाललगायतका शीर्ष नेताहरूले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। ।
पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले कम्युनिस्ट सिद्धान्त छाडेका कारण आफू नेकपामा प्रवेश गरेको बताएका छन् । उनले अबको सच्चा कम्युनिष्ट शक्ति ‘नेपाली कम्युनिष्ट पार्टी मात्र भएको जिकिर गरे।
एमालेको संरचनाले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नसक्ने निष्कर्ष सुनाउँदै उनले भने, ‘कम्युनिष्ट पार्टी बचाउन र मुलुकको शासन सत्ता सही नेतृत्वको हातमा ल्याउनका लागि म यो पार्टी प्रवेश गरेको हुँ।
नेकपा एमालेका एक महत्त्वपूर्ण जिल्लास्तरीय नेता नेकपामा प्रवेश गर्नुलाई यस क्षेत्रको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा लिइएको छ ।