AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेको ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनाव, नेता परशुराम बस्नेतमाथि हातपात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०८२, शनिबार १४:४७
459
Shares

विराटनगर /नेकपा एमालेको ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनावको स्थिति सिर्जना भएको छ।

विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरूबीच झडप र हात हालाहाल भएको हो।

विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ। एमाले नेता पर्शुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक-पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै कडा प्रतिवाद गरेका थिए।

यो घटनाले एमालेको आन्तरिक प्रतिस्पर्धामा देखिएको तीव्र गुटबन्दी र असन्तुष्टिलाई सतहमा ल्याएको छ।

अशक्त र वृद्धवृद्धाको नाममा अनधिकृत व्यक्तिले मतदान गर्न खोजेको विषयले उग्र रूप लिएपछि केही बेर मतदान प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर