पूर्वाञ्चल खबर
स्काउट राष्ट्रिय कार्यकारी समितिको बैठकले श्रेष्ठलाई औपचारिक रूपमा जिल्ला संयोजक नियुक्ती गरेको हो।
लगभग डेढ दशकदेखि स्काउट गतिविधिमा सक्रिय श्रेष्ठ २०७२ सालदेखि लगातार दुई कार्यकाल जिल्ला सदस्यको भूमिकामा रहेर योगदान पु¥याइएका श्रेष्ठले निजी शैक्षिक संस्थाहरूमा स्काउटको विस्तार, गुणस्तर सुधार र नेतृत्व विकासमा खेलेको भूमिकालाई उल्लेखनीय भुमिका खेलेका थिए ।
श्रेष्ठ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगरपालिकाका अध्यक्षका साथै नेपाल तेक्वान्दो संघ विराटनगरका अध्यक्ष तथा पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल समेत हुन्। निजी शैक्षिक क्षेत्र, खेलकुद विकास तथा संस्थागत व्यवस्थापनमा उनको योगदान विशेष महत्त्वपूर्ण मानिन्छ।
स्काउटसम्बन्धी तालिम, नेतृत्व अभिवृद्धि तथा समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ संयोजकको हैसियतमा श्रेष्ठले महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको छ।