AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधि सभा पूर्नस्थापनाको माँग गर्दै एमालेले पालिका स्तरीय निकाल्यो मोटरसाईकल ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०८२, मंगलवार १८:००
90
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगरपालिकासहित ६ वटा पालिकाले संयुक्त रुपमा बृहत मोटरसाईकल ¥याली निकालेका छन् ।

प्रतिनिधि सभा पूर्नस्थापनाको माँग गर्दै एमालेले मंगलबार देशभर पालिका स्तरीय कार्यक्रमको आयोजना गरेको थियो । यसैअनुसार मोरङका १७ वटै पालिकामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

एमाले विराटनगर महानगर कमिटी, बुढींगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाले संयुक्त रुपमा आयोजना गरिएको मोटरसाईकल ¥यालीमा हजारौंको संख्यामा मोटरसाईकल गरहेका थिए । ¥यालीमा बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरूले सहभागिता रहेको थियो ।

२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार असंबैधानिक भएको र संसद पूर्नस्थापना गर्नुपर्ने र संविधान संवत् देशलाई निकास दिनुपर्ने एमालेको भनाई छ ।

प्रतिनिधि सभा पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यका साथ मोटरसाइकल ¥याली निकालेको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए ।

एमाले विराटनगर पाञ्चालीस्थित मोरङ जिल्ला पार्टी कार्यालयबाट निस्केको मोटरसाइकल ¥याली पुष्पलाल चौकमा पुगेर समापन भएको थियो । एमालेका नेता गुरु बराल, विनोद ढकाल, पर्शुराम बस्नेतलगायतले कोणसभालाई सम्बोधन गरेका थिए । उनीहरुले जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधि सभा पूर्नस्थापना आवश्यक रहेको बताएका थिए ।

नेकपा एमाले विराटनगर महानगरका सचिव विज्ञान चापागाईंले नेकपा एमाले महानगर कमिटी विराटनगर, नेकपा एमाले पालिका कमिटी बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाद्वारा संयुक्त रुपमा आयोजित बृहत् मोटरसाइकल र्‍याली एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमाबाट रोडशेष हुँदै मेनरोड, तीनपैनी भएर पुष्पलाल चोकमा पुगेर कोणसभामा गर्दै सम्पन्न भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर