खबर पूर्वाञ्चल
कोशी प्रदेश सरकारकाले सो मन्दीरमा प्रदेश स्तरिय वडाई गर्ने मन्त्री परिषदवाटै निर्णय गरेपछि विगत पाचवर्षदेखि मन्दिरमा फुलपाती वडाई हुदै आएको छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनिफुलपाती वडाईका लागि तयारी तिव्र पारिएको सान्सारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्जीव श्रेष्ठले वताए ।
विगत पाँच वर्षदेखि कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा आयोजना हुदै आएको फुलपाती वडाईमा मोरङ, सुनसरी, झापा जिल्लालगायत भारतका सिमावतीै जिल्लाको भक्तजनहरुको समेत ठुलो शख्यामा सहभागि हुने गरेका छन् ।
आउँदो सोमवार फुलपातीका दिन विहान ९ वजे वाजागाजा झाँकी तथा कलश यात्रासहित मन्दिरवाट फुलपाती वडाईको डोली निकालिने गरि तयारी गरिएको समितिका अध्यक्ष श्रेष्ठले वताए ।
वडाई कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य, नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी तथा स्थानिय तहका प्रमुख तथा भक्तजनका्े उल्लेखनिय सहभागिता हुने गरेको छ । धार्मीक एंव ऐतिहासिक महत्व वोकेको पुर्वकै प्रमुख शक्तिपीठको रुपमा रहेको सो मन्दीर भाकलगर्दा मनोकामना पुरा हुने विश्वास रहि आएको छ ।
फुलपातीका दिन मात्र नभएर हरेक दिन मन्दिरमा सयौ भक्तजनहरुले मनोकामना पुरा भएपछि भाकल गरे अनुसार वोकाको वली चढाउदै सान्सारी देवीको पुर्जा अर्चना गर्ने गर्दछन । यो वर्ष फुलपाती वडाईमा दश हजार वढि भक्तजना सहभागि हुने गरि व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका सह–सहिच इश्वर पोखरेलले वताए ।
दशैको घटस्थापनादेखि मन्दिरमा एकदर्जन वढि व्राहम्णहरुले निरन्तर जप तथा पुजापाठ गर्दै आएका छन् । नवरात्रा भरि मन्दिरमा पुजापाठ संगै प्रत्येक दिन वेलुका राष्ट्रिय स्तरका कालाकारद्धारा भजन सन्ध्या आयोजना भइरहेको छ । यो वर्षको फुलपाती वडाईमा कलश यात्रामा मात्र एक हजार वढि महिला तथा सहभागि हुने सह–सचिव पोखरेलको भनाई छ ।
मन्दिर परिसरवाट फुलपातीको डोली वोकेर भक्तजनहरु मन्दिरभन्दा करिव साढे तीन किलोमिटर पूर्वमा रहेको वेलको रुखमा गएर विधि पूर्वक पुजाआजा गर्ने गर्दछन । सो क्रममा रंगेली वजारमा रहेको काली मन्दिर तथा इलाका प्रहरी कार्यालय रंगेलीमा रहेको देवीको मन्दिरमा समेत पुजाआजा गर्ने परम्परा रहि आएको छ ।
करिव तीन घण्टाको रंगेली वजार तथा मन्दिरहरुको परिक्रममा पछि फुलपाती वोकेको डोली पुन सान्सारी मन्दिरमा आएर सान्सारी मातालाई वोका चढाएपछि फुलपाती विर्सजन हुन्छ ।