पूर्वाञ्चल खबर
असोज ०७ गते विर्तामोड नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र विर्तामोड( ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका(१ का ३३ बर्षीय हर्कबहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका ११ का २६ बर्षीय विरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।