AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कैदीबन्दी भाग्ने प्रयास गरेपछि मोरङ कारागार सेनाको कब्जा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०८२, बुधबार १८:४०
18
Shares
विराटनगर / विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले कमाण्ड सम्हालेको छ ।

कैदीहरूले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको हो ।

हाल कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । कैदीबन्दीहरूले ताला फोडेर भाग्ने प्रयास गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीहरूको थप टोली परिचालन गरी कारागार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मोरङ कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर