शिक्षक दिवशमा सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न
पूर्वाञ्चल खबर
२९ चैत्र २०७३, मंगलवार १८:११
3
Shares
विराटनगर, २९ चैत / नेपाल शिक्षक संगठन मोरङले ३८ औं शिक्षक दिवशका अवसरमा आज विविध कार्यक्रमको आयोजना गरेको छ ।
संगठनले शिक्षक दिवशका अवसरमा सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष बाबुराज थापा, मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल, सांसद ऋषिकेश पोखरेल लगायतले लामो समयदेखि शिक्षक पेशामा आवद्ध रही निवृतिभरण पाउनु भएका ७४ जना शिक्षकहरुलाई अभिनन्नद गरेका थिए ।
यस्तै ६ जना नेपाल शिक्षक संगठन मोरङका पूर्व अध्यक्षहरुलाई पनि अभिनन्दन गरिएको थियो । यसैगरी ऊँ गायत्री गुरु कुसुम पुरुस्कारबाट पोखरीया माविका प्रधानाध्यापक खेमराज भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै साजिलाल मावि सुन्दर हरैचाकी अध्यक्ष गीता शर्मा घिमिरे, जनपथ मावि विराटनगरका अध्यक्ष भगवान थापा, विरेन्द्र सार्वजनिक माविका संस्थापक सदस्य नरवम खत्रीलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमअघि आयोजित रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।