AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट कलेजका विद्यार्थी र शिक्षक कर्मचारीले गरे वृक्षरोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८२, मंगलवार १८:४३
54
Shares
विराटनगर / सामाजिक उत्तरदायित्व वहन गर्दै विराटनगर–५ स्थित एभरेष्ट कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीले आज वृक्षरोपण गरेका छन् ।

कलेज परिसर अगाडिको सडक किनारमा वृक्षरोपण गर्दै कलेजले त्यस क्षेत्रका विरुवाको संरक्षणमा समेत ध्यान दिने जनाएको छ । आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरि वृक्षरोपण कार्यक्रमको थालनी गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दाहाल, विराटनगर–५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, विद्यालयका प्राचार्य टिकाराम पुरीले वृक्ष रोपण कार्यक्रमको शुभारम्भ गरे। त्यस अघि आयोजित औपचारीक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले विराटनगर महानगरपालिकाको हरित महानगर अभियानलाई सार्थक बनाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व वहन गरेको प्रति खुसी ब्यक्त गरे। उनले हरेक संस्थाहरुले एभरेष्टले जस्तै सामाजिक उत्तरदायित्व वहन गरिदिए महानगरले चाल्ने हरेक अभियान सार्थक हुने र सुन्दर नगर निर्माण हुने बताए। उनले रुख विरुवा मानव जीवनका लागि समेत अपरिहार्य रहेको भन्दै रोपेका विरुवाहरूको संरक्षणमा पनि सबैको ध्यान जान आवश्यक रहेको बताए।

विराटनगर–५ का वडाअध्यक्ष न्यौपानले एभरेष्ट कलेजले गरेको यो अभियानलाई अन्य शैक्षिक संस्थाले समेत अवलम्वन गर्न आवश्यक रहेको बताए। उनले महानगरले सुन्दर विराटनगरको कल्पना गरेर नै हरित महानगरको अभियान सञ्चालन गरेको बताए। पछिल्लो समय महानगरका धेरै क्षेत्रहरुमा वृक्षरोपण भइरहेको भन्दै अब ति रोपिएका विरुवालाई हुर्काउन ध्यान दिइनुपर्ने बताए।

एभरेष्टका प्राचार्य टिकाराम पुरीले एभरेष्टले महानगरको अभियानलाई साथ दिनकै लागि सामाजिक उत्तरदायित्व वहन गर्दै वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको बताए । उनले विराटनगर– शान्ति चोक राम मन्दिरदेखि कोचाखालसम्मको सडक किनारामा केहि विरुवा रोपिसकेको र बाँकी रहेका क्षेत्रमा वृक्षरोपण गरि संरक्षण गर्न एभरेष्ट कलेजले ध्यान दिने बताए। उनले भने,‘यहाँ यस अघि नै केहि बिरुवा रोपि सकेको छ, बाँकी क्षेत्रमा हामी रोप्छौं, ति सबै विरुवाको संरक्षण गर्न र हुर्काउन हाम्रो भूमिका रहन्छ ।’ प्राचार्य पुरीले वृक्ष तथा वनजंगल नै प्रकृतिको बहुमूल्य उपहार हुन् भन्ने विद्यार्थीहरुले पनि बुझ्न आवश्यक रहेको भन्दै रुख विरुवाको महत्व बुझाउन विद्यार्थीलाई यस अभियानमा सहभागि गराइएको बताए। उनले रुख विरुवाले हामीलाई अक्सिजन दिने मात्र नभई औधोगिक नगर विराटनगरको वायु प्रदूषणलाई न्यूनिकरण गरि जलवायु परिवर्तनलाई समेत सन्तुलनमा राख्ने तर्क गए।

कलेजका सह प्राचार्य टीएन भण्डारीले रुख विरुवाले नगरलाई सौन्दर्यता प्रदान गर्ने र वातावरणीय असन्तुलनलाई न्यूनिकरण गर्ने भन्दै आफ्नो घर वरपरका विरुवा हुर्काउने कुरामा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव दिए।

एभरेष्टले विराटनगर महानगरपालिकासँगको समन्वयमा डिभिजन वन कार्यालय मोरङसँग सहकार्य गरि वृक्षरोपण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर