AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सरस्वती मावि ०५३ सालको एसएलसी ब्याचद्वारा विराटेश्वर वृद्धाश्रममा आवश्यक सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०८२, शनिबार १६:०८
414
Shares
विराटनगर / विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले आज एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो ।

समूहका संयोजक सुमन अधिकारीका अनुसार आश्रममा रहेका ६५ जना वृद्धवद्धालाई खानासंगै तन्ना, ऐना, नंग काट्ने सामान उपलब्ध गराएको हो । उनले भने, “सामाजिक कार्य गर्दै आएको यो समूहले मासिक रुपमा संकलन गर्दै आएको रकमबाट नै सामाग्री खरिद गरि आश्रममा रहनुभएका बुवा आमालाई उपलब्ध गराएको हो।”

केहीदिन अघि आश्रममा पुगेर आवश्यक चीजबारे बारे बुझ्दा आश्रमका सञ्चालक जगत अर्यालले ओछ्यानमा लगाउने तन्ना, नेल कट्र र ऐना चाहिएको बताएको अधिकारीले उल्लेख गरे । संयोजक अधिकारीले भने, “हामीले आश्रममा तत्काल आवश्यक पर्ने सामाग्री बुझ्दा उहाँले ती कुरा बताउनु भयो । सोही अनुसार ७० थान तन्ना, एक दर्जन काइयो, एकदर्जन नेल कटर र २ वटा ऐना उपलब्ध गराएको हौं ।”

सामाजिक कार्य गर्दै आएको बताएका संयोजक अधिकारीले ०५३ ब्याचका साथीहरुले विराटनगरभित्र सकारात्मक काम गर्नुपर्ने सोचसहित सामाजिक काममा अघि बढेको बताए । सोही क्रममा ३५ हजार रुपैया बराबरको सरसमानसहित सो ब्याचले आश्रममा ६५ जना बृद्धवद्धालाई समेत भोजन समेत गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर