AArya
RUMPUM
animated ellipse animated ellipse

मुलुकी खबर दोस्रो वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०८२, बुधबार १९:४६
72
Shares
विराटनगर / मुलुकी सञ्चार नेटवर्क प्रालिद्वारा कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालित मुलुकी खबर डटकम अनलाइनले आफ्नो पहिलो वार्षिकोत्सव फरक शैलीमा मनाएको छ ।

पत्रकारिता क्षेत्रमा मात्रै नभएर समाजप्रतिको जिम्मेवारीलाई समेत जोड्ने उद्देश्यका साथ अनलाइनले वार्षिकोत्सवको अवसरमा २ वटा विशेष र फरक हिसाबका सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिकोत्सवको अवसरमा विराटनगर-–८ स्थित विराटेश्वर वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई मंगलबार खाना खुवाइएको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडेर कार्यक्रम आयोजना गरिएको हो । विराटेश्वर वृद्धाश्रममा आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित ६२ जना वृद्धवृद्धाहरुलाई खाना खुवाइएको छ ।

पहिलो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने निर्णयअनुसार खाना खुवाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, मुलुकी खबर डटकमका सम्पादक किशोर बुढाथोकी, महाप्रबन्धक रविन भट्टराई, नेपाल प्रेस युनियनका उपमहासचिव अभय राईलगायतको उपस्थिति थियो ।

वृद्धाश्रमका सञ्चालक जगतप्रसाद अर्यालले सञ्चारमाध्यमले आश्रममा आएर पहिलोपटक कार्यक्रम आयोजना गरेको भन्दै खुशी व्यक्त गरे । उनले सञ्चार क्षेत्र सामाजिक उत्तरदायित्व बोकेर अघि बढेको देख्दा आफूसहित वृद्धवृद्धा सबैले आत्मीयता महसुस गरेको बताए ।

महासंघ मोरङकी अध्यक्ष पाठकले सञ्चारमाध्यमले समाचार लेख्ने मात्र नभएर समाजप्रति उत्तरदायी कार्यमार्फत उदाहरण प्रस्तुत गर्नुपर्ने बताउँदै मुलुकी खबरले सुरु गरेको कदम अनुकरणीय भएको उल्लेख गरिन् ।

कार्यक्रममा सम्पादक बुढाथोकीले मुलुकी खबरले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारलाई व्यवसायिकतासँगै सामाजिक सेवाको पाटोमा समेत जोड्नु मुलुकी खबरको दीर्घकालीन लक्ष्य रहेको बताए ।

त्यस्तै, पहिलो वार्षिकोत्सवको अवसरमा कटहरी गाउँपालिका–६ भौडाहाको प्रजातन्त्र माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग ‘सामाजिक सञ्जाल र कानुनी व्यवस्था’ सम्बन्धी अन्तरक्रिया गरेको छ । सो अवसरमा आयोजित कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिव एवं अधिवक्ता विनोदकुमार तिमल्सिनाले विद्यार्थीलाई सामाजिक सञ्जाल र कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने कार्यक्रम मुलुकी सञ्चार नेटवर्कले आयोजना गरेको बताए ।

विद्यालयका प्रधानध्यापक महानन्द पण्डितले कानुनी सचेतना सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगमा सचेत गराएको बताए ।

कटहरी गाउँपालिकाका युवा नेता मुकेश बुढाथोकीले ग्रामीण तहमा पुगेर मुलुकी खबरले प्रविधिको सही सदुपयोगका लागि विद्यार्थीलाई प्रोत्साहन गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतोले कुलतको रुपमा रहेको सामाजिक सञ्जाल प्रयोगलाई विद्यार्थीले कम गर्नुपर्ने बताए । सामाजिक सञ्जालको प्रयोगमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर