AArya
RUMPUM
animated ellipse animated ellipse

नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद सजाय हुने फैसला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०८२, सोमबार १९:१०
261
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका–५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई जिल्ला अदालत मोरङले बाँचुन्जेल (आजीवन) कैद सजाय हुने फैसला सुनाएको छ ।

धनपालथान–५ का २२ वर्षीय अनिष सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया भतिजी आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थामा गत असार १४ गते बिहान आत्तिकाको शव फेला परेको थियो । घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा आफ्नै काकाले बलात्कार गरेर हत्या गरेको पत्ता लागेको हो । उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी करणी गरी क्रूर यातना दिएर ज्यान मारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले अनुसन्धान सकेर बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का अभियोगपत्र तयार पार्दै सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो । अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार अनिषले अदालतमा बयानका क्रममा कसुर स्वीकार गरेका थिए । मुद्दामा सोमबार थुनछेक बहस भएको थियो । थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनिषलाई आजीवन कैद सजाय हुने फैसला सुनाएको हो । अदालतको फैसला अनुसार अब अनिषले जीवित रहेसम्म जेलमा बस्नुपर्ने स्रेस्तेदार पोखरेलले बताए । अदालतको फैसला अनुसार जरिबानाबापतको रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्ने हुन्छ । साथै, अदालतबाट पीडित (मृतक)का परिवारलाई क्षतिपूर्तिबापत पीडकबाट १ लाख रूपैयाँ मृतकको नजिकका नातेदारलाई भराउने फैसलासमेत भएको पोखरेलले बताए । हत्यापछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालिदिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर