पूर्वाञ्चल खबर


कलेजका प्रिन्सिपल भुवन नेपालले यस वर्ष विज्ञान संकायमा ४०५, व्यवस्थापन संकायमा ५१० र होटल व्यवस्थापन संकायमा १५० जना गरी कुल १ हजार ६५ जना विद्यार्थी भर्ना भएको जानकारी दिए । उनले भने, ‘२ हजारभन्दा बढी विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका थिए, तीमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको छनोट गरिएको हो ।’
उनका अनुसार प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक परिणाम ल्याउने क्रम जारी राखेकै कारण कान्तिपुर कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल भएको छ । ‘४।० जिपीएका विद्यार्थीहरूको पनि पहिलो रोजाइ हामी नै भएका छौं,’ उनले भने ।
कार्यक्रममा कलेजका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने नृत्य प्रस्तुति गरेर दर्शकको मन जितेका थिए । त्यस्तै, एसईईमा ४ जिपीए ल्याउने आयुषा कार्की र प्रवेश परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई विशेष सम्मान समेत गरिएको थियो ।
कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरण र अवसरहरूसँग परिचित गराउनुका साथै उनीहरूमा नयाँ उत्साह थपेको सहभागिहरूले बताएका छन् । शिक्षामा नविनता र समय सापेक्ष पाठ्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कान्तिपुर कलेजले आगामी दिनमा पनि विद्यार्थीको भविष्य निर्माणमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीले साँस्कृतिक कार्यक्रम गर्दै नव आगन्तु विद्यार्थीलई स्वागत गरेका छन् ।