AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेश्वरी महिला मन्चद्धारा जुत्ता मोजा तथा शैक्षिक सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०८२, शुक्रबार १९:१२
81
Shares
विराटनगर । महेश्वरी महिला मन्च विराटनगरले विराटनगरको जनचेतना आधरभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको हो ।

उक्त विद्यालयमा अध्ययरत १९८ जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको महेश्वरी महिला मन्च विराटनगरकी अध्यक्ष  ललिता जाजुले जानकारी दिइन् ।

यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्नु र उनीहरूको पढाइमा सहयोग पुर्याउनु रहेको बताइएको छ ।

कार्यक्रममा विराटनगर माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अखिल भारत वर्षीय महेश्वरी महिला संगठन पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, अखिल भारत वर्षीय महेश्वरी महासभाका सदस्य बजरंग बाहेती, अखिल भारत वर्षीय महेश्वरी युवा संगठनका संयुक्तमन्त्री विवेक, नेपाल महेश्वरी परिषद पूर्वान्चल उपाध्यक्ष आनंद जाजू, विराटनगर महेश्वरी युवा मंचका अध्यक्ष अजय राठी, बिराटनगर ६ का वडाध्यक्ष हरिश्चन्द्र साहनी जनचेतना आधारभूत विद्यालयका अध्यक्ष अमृत साह, जनचेतना आधारभूत विद्यालयका प्रिन्सिपल रामप्रसाद गौतम, लक्ष्मी सनराइजर्स बैंक ब्रान्च म्यानेजर हीना थापा, कार्यक्रम संयोजक शीतल बाहेतीलगायतकाे उपस्थित रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर