RUMPUM
animated ellipse animated ellipse

याक्खा समुदायमा जनचेतना जगाई संरक्षण गर्नु पर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७३, शनिबार २०:०१
3
Shares
विराटनगर २६ चैत्र / किरात समुदाय भित्र पर्ने याक्खा जातिहरुको भाषा तथा लिपीको लोपोन्मु हुदै गएकाले यसलाई सरक्षण गर्नु पर्ने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
आज विराटनगरमा किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको आयोजनामा तथा विराटनगर उप महानगरपालिकाको सहयोग र नेपाल आदिवासी जनजाती महांसघ नगरको समन्वयमा आयोजित एक अन्तक्रियात्मक कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।

याक्खा जातिहरुको अब पुस्तालाई पनि चिनाई राख्न हाम्रो भाषा तथा लिपिलाई विर्सन नहुने किरात याक्खा छुम्माका केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र देवानले बताए । पछिल्लो समय याक्खा जातिको भाषा तथा लिपि हराउदै गएकाले याक्खा जातिहरुले यसलाई खोज अनुसन्धान गर्दै जानु पर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महांसघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेस सिहं गनगाइले नगर भित्र रहेका हरेक जातिय सस्थाहरु एक जुट भई आफ्नो पहिचनलाई गुमाउन नहुने उल्लेख गरे ।
नेपाल पत्रकार महासघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, किरात याक्खा छुम्मा केन्द्रीय सदस्य अजय जिमी याक्खा, विमला लिम्वुखिम , आदिवासी जनजाति महांसघ नगर सचिव प्रेम देवानलगायतले पुर्खौ देखि चलि आएको याक्खाहरुको पहिचानलाई विर्सन नहुने याक्खा समुदायमा जनचेतना जगाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर