AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शुक्रबार रातिको भारी वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको धनकुटा भेडेटार खण्डको राजमार्ग अवरुद्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८२, शनिबार १४:०३
90
Shares
विराटनगर / शुक्रबार रातिको अति भारी वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको धनकुटा भेडेटार खण्डको राजमार्ग अवरुद्ध भएको छ।

धनकुटास्थित लेउती खोलामा आएको बाढीले राजमार्गको १०० मिटर कालोपत्रे सडक बगाएपछि सडक यातायात ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार, सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी नजिकैको भागमा बगाएको हो। बाढीले सडक कटान गरेपछि सो क्षेत्रबाट सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

यसैगरी, सांगुरीगढी–६ नमस्ते झरना आसपासको सडक खण्डमा रुख लडेर सडक अवरुद्ध भएको भए पनि त्यस क्षेत्रको अवरोध हटाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, तमोर करिडोरअन्तर्गत छरुवा खोलामा आएको बाढीका कारण चौबिसे गाउँपालिका–४ स्थित सडक खण्ड पनि अवरुद्ध बनेको छ।

प्रहरीका अनुसार सडक मर्मत तथा वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायहरू परिचालित भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर