बेलबारी चैत २६ गते / नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पूर्व निर्धारित मिति मै मधेशवादी दलहरूको समेत सहभागितामा स्थानीय तहको निर्वाचन हुने बताएका छन ।
नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ३ को आयोजनामा मोरङको भाउन्नेमा भएको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले निर्वाचन दुई चरणमा नभै एकै चरणमा हुनु पर्ने बताए । तर मधेशवादीबादी दलका कारण दुई चरणमा निर्वाचन गर्नु पर्ने अवस्था सिर्जना भएपनि कांग्रेस निर्वाचनबाट नभाग्ने कोइरालाको भनाई छ ।
निर्वाचनका लागि सहमति जुटाउन कांग्रेस लचिलो भएको स्पष्ट पार्दै कोइरालाले भने – अब कांग्रेसको अर्जुन दृष्टि निर्वाचनमा मात्र छ ।’
संविधान कांग्रेस नेतृत्वमा जारी भयो र कार्यान्वयनको सुरुवात कांग्रेसले नै गर्ने बताउ“दै चुनाव सफल भए फेरि राजनीतिक अधिकारका लागि कसैले आन्दोलन गर्नु नपर्ने तर्क गरे ।
सधैं हुने अधिकारको आन्दोलनले आर्थिक समृद्धि प्राप्त नहुने बताउँर्दै महामन्त्री कोइरालाले भने – अबको पुस्ताले समृद्ध नेपालका लागि लड्नु परोस ,अधिकारका लागि होइन ।’
कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले प्रजातन्त्रको आधार स्तम्भ निर्वाचन भएकोले निर्वाचन विना लोकतन्त्र कमजोर बन्ने धारणा राखे ।