AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाजवादीले बुझायो जनजीविकाको सवालमा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०८२, आईतवार १६:५५
117
Shares
विराटनगर/नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएकी छिन्। उनले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाएकी हो। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पूरा गर्ने र अरु मागलाई बिस्तारै पूरा गर्ने बताए।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। सो कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी भए। उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर