विराटनगर, २६ चैत / अतिररीक्त क्रियाककलाप का साथ–साथै शैक्षिक गुणस्तरमा पनि सधै अग्रणि रहेको बिराटनगर – ३ स्थित बुढानिलकण्ठ अङ्ग्रेजी मा. वि. मा आर्ट एन्ड क्राफ्ट तथा हस्तकला प्रदर्शनीको गरिएको थियो ।
स्कूलले आज शैक्षिक सत्र २०७३ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर आर्ट एन्ड क्राफ्ट तथा हस्तकला प्रदर्शनीको गरेको हो । स्कूलले आजै न्यू ग्रिन क्रस बाल अस्पताल विराटनगरको सहयोगमा एक दिने निशुुल्क स्वास्थ्य सिविर समेत गरेको छ । स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरीएको स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए ।
प्रदर्शनीमा विद्यालयलले बर्ष भरी गरेका गतिविधिहरुको तस्बिरहरु फ्लेक्समा प्रिन्टगरी राखिएको थियो । कक्षा नर्सरी देखि कक्षा नौसम्मका विद्यार्थीहरुद्वारा निर्मित हस्तकलाका सामग्रीहरुको समेत प्रर्दशन गरीएको थियो । सो अवसरमा प्रदर्शनीमा सहभागिहरु मध्येलाई तिन समुहमा विभाजन गरीएको थियो । नर्सरी देखि युकेजिसम्म एक समुह , कक्षा १ देखि कक्षा ४ सम्म दोस्र्रो समुह र कक्षा ५ देखि कक्षा ९ सम्म तेस्र्रो समुह छुट्याइएको थियो ।
प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितिय र तृतीय विद्यार्थीहरु लाई स्कूलका प्रिन्सिपल भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन पुरस्कार दिने घोषणा गरेका थिए ।