AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालसहित प्रदेशका अधिकांश स्वास्थ्य संस्थाहरूको सेवा प्रभावित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ बैशाख २०८२, शुक्रबार १८:३४
180
Shares
विराटनगर / नेपाल चिकित्सक संघ (एमएमए)को नेतृत्वमा देशभरका आवासीय चिकित्सकहरूको आन्दोलनले कोशी अस्पतालसहित प्रदेशका अधिकांश स्वास्थ्य संस्थाहरूको सेवा प्रभावित भएको छ ।

आजदेखि आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरिएपछि सयौं बिरामीहरू प्रत्यक्ष रूपमा मारमा परेका छन् । नेपाल चिकित्सक संघ कोशी प्रदेश शाखाकाअनुसार आन्दोलनको मुख्य माग निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई पनि सरकारी मेडिकल कलेजमा झैं आठौं तह सरहको सेवा, सुविधा तथा निर्वाह भत्ताको व्यवस्था गर्नु रहेको छ । हाल यो सुविधा केवल सरकारी मेडिकल कलेजहरूमा मात्र सिमित छ ।

एमएमए कोशी शाखाका महासचिव डा. बालकृष्ण साहकाअनुसार आन्दोलनका अन्य प्रमुख मागहरूमा आवासीय चिकित्सकहरूको कार्य समय (ड्युटी अवधि) सम्बन्धमा स्पष्ट, व्यवहारिक तथा व्यावसायिक मापदण्ड तयार पार्नुपर्ने र चिकित्सकहरूको भावना र सम्मानप्रति सरकार गम्भीर हुनुपर्ने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर