AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा नयाँ प्रि स्कुल एबिसी सञ्चालनमा आउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०८२, शुक्रबार १३:१४
72
Shares
विराटनगर/ विराटनगर ५ स्थित सम्झना चोकमा बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै नयाँ प्रि(स्कुल एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी) सञ्चालनमा आउन लागेको छ।

सिकाइ रमाइलो र अनुभवजन्य हुनुपर्छ भन्ने विश्वासका साथ खोलिन लागेको यो प्रि स्कुलले पुस्तकभन्दा परको सिकाइलाई प्रोत्साहन गर्दै सिर्जनात्मकता, व्यवहारिक ज्ञान, संस्कार र मूल्यमा आधारित शिक्षालाई केन्द्रमा राखेको छ।

एविसिमा प्लेग्रुप (२ वर्षदेखि माथि), नर्सरी, जुनियर किण्डर गार्डेन, सिनियर किण्डरगार्डेन डे केयर सेवासम्मका कार्यक्रमहरू सञ्चालन हुने स्कुलका निर्देशक विवेक दाहालले जानकारी दिए। अनुभवी शिक्षकहरूद्वारा प्रदान गरिने शिक्षा माया, हेरचाह, र प्रेरणादायी वातावरणमा आधारित हुने दाहालले जानकारी दिए।

विद्यालयमा फराकिलो र सुरक्षित खेल क्षेत्र, अडियो–भिडियो हल, पुस्तकालय, सवारी सुविधा, नियमित स्वास्थ्य परीक्षण, स्वच्छ खाजाका विकल्प, तथा वातानुकूलित कक्षाकोठाजस्ता सुविधाहरू उपलब्ध हुनेछन्। साथै, संगीत, कला, कथा वाचन, संस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरूबाट बालबालिकाको सर्वांगीण विकासमा सहयोग पुग्नेछ।

एविसि प्रि स्कुलले शिक्षालाई रमाइलो, अन्तरक्रियात्मक र संस्कारयुक्त बनाउने लक्ष्य लिएको छ। विद्यालयका निर्देशक दाहाल अनुसार, चाँडै नै अभिभावकलाई लक्षित गरी अवलोकन कार्यक्रम पनि आयोजना गरिनेछ, जसबाट अभिभावकहरूले विद्यालयको वातावरण, शिक्षण पद्धति र सुविधाहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर