AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको केराबारीबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०८१, सोमबार १४:२२
315
Shares
विराटनगर / मोरङको केराबारी गाँउपालिका ८ स्थित आमजुङगी सामुदायिक वन जंगलको एरियामा तीन जना व्यक्तिहरूलाई अवैध रूपमा लोड गरिएको भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।

विशेष सुचनाका आधारमा प्रहरीले तीन जना व्यक्तिहरूलाई अवैध बन्दुक सहित आइतबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ४४ वर्षीय मणीराज याख्या राई, ३४ वर्षीय डिल्लीकुमार कार्की र ३५ वर्षीय धनबहादुर लिम्बु रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्री नेतृत्वको प्रहरी टोलीले बिशेष सूचनाका आधारमा उक्त स्थानमा छापा मारेको थियो। पक्राउ गरिएका व्यक्तिहरूलाई इप्रका बेलबारी ल्याएर थप अनुसन्धान भइरहेको छ। यो घटनामा अवैध हतियारको प्रयोग र सम्बन्धित व्यक्तिहरूको गतिविधि बारे प्रहरीले गम्भीर अनुसन्धान गर्ने तयारी गरेको छ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने प्रयास गरिरहेको छ। अवैध हतियारको प्रयोग र तस्करीलाई नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निकायले कडा निगरानी राखिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर