AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

होलीमा मर्यादा उल्लंघन गरेको आरोपमा मोरङमा ६६ जना प्रहरी नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०८१, शुक्रबार १९:०३
189
Shares
विराटनगर /होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने ६६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गरेको पाइएपछि मोरङबाट ६६ जनालाई आज नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
पक्राउ पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा उच्छृंखल गतिविधि गर्नलाई नियन्त्रणमा लिउको उनले बताए । ‘नियन्त्रणमा लिएकाहरु प्रहरी कार्यालयमा छन् । मापसे मात्रै खाएर सवारी चलाउनेलाई आफन्तलाई बोलाएर जिम्मा लगाइन्छ । उच्छृंखल गतिविधि गर्नेलाई मुद्दा चालउने तयारि गरिएको छ,’ डिएसपी जोशीले भने ।
उनीहरुलाई जिल्ला प्रहरीलगायत जिल्लास्थित इलाका प्रहरीमा राखिएको छ । जिल्लामा शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।

होलीमा ट्राफिक नियम उलंघन गर्ने २५६ सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगर क्षेत्रभित्रबाट ६१ र जिल्लास्थित अन्य क्षेत्रबाट २ सय ६९ सवारी नियन्त्रणमा लिइएको छ । जसमध्ये हेलमेट नलगाइ सेवारी चलाउने ७२ जना, तीन जना सवार ८८ जना र मापदक पद्धार्थ सेवन गरेर सवारी साधन चलाउने

१ सय ९ सवारी साधानलाई कारवाही गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर