पूर्वाञ्चल खबर
विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पछि पार्दै खेलको पहिलो हाफमा अग्रता लिएको हो ।
पहिलो हाफमा थ्रीस्टारका प्रशान्त लिम्बु र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।
दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । आशिष चापागाइले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरे ।
सोमबार अन्तिम सेमिफाइलन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुनेछ ।