पूर्वाञ्चल खबर
स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवसको औपचारिक उद्घाटन गरेको छ । दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख कोइरालाले रोजगारमुखि शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल भुवन नेपालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण कान्तिपुर स्कुल सधै अगाडी रहेको बताए ।
स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरेर कान्तिपुर स्कुल र कलेजले विद्यार्थीको मन जितेर अगाडी बढेको बताए । तेही कारणले अहिले स्कुल र कलेजमा गरि तीन हजार विद्यार्थी अध्यापन गर्दै आएको प्रिन्सिपल नेपालले बताए ।
स्वागत मन्तब्य राख्दै स्कुलका भाइस प्रिन्सिपल देवीलाल महतोले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए ।
कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर स्कुल र कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
कान्तिपुर स्कुलमा पढेका विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको प्रिन्सिपल नेपालले बताए । खुशीराज श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।
पहिलो दिन कक्षा पिजे देखि ३ सम्मका विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरि सहभागि भएका अतिथि, अभिभावक र शिक्षकहरुलाई रमाइलो प्रदान गरे । शनिबार कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने विद्यालयले जनाएको छ ।