पूर्वाञ्चल खबर
विराटनगरको सहिद रंगशालामा आज विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीचको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफसम्म गोलरहिहत खेल बराबारी खेलेका छन् । निक्कै रोमाचित खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।
एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको टिम हो । एपीएफ विराट गोल्डकपको पूर्व विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।
शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।