AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८१, आईतवार १८:३९
234
Shares
विराटनगर / उमेर हदका कारण अनिवार्य अवकाशमा पाएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ ।

आज महानगरमा एक कार्यक्रमको आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र पराजुलीले अमिट छाप छाडेर गएको स्मरण गरे । मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई थप मजबुत बनाउन पराजुलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जनप्रतिनिधिले अघि सारेका योजना कार्यान्वयनमा पराजुली नेतृत्वको कर्मचारी संयन्त्रले सधैं सहयोग गरेको उल्लेख गरे । निजामती सेवामा साढे ३ दशकभन्दा लामो अनुभव संगालेका पराजुलीबाट विराटनगरले भविष्यमा पनि साथ र सहयोग प्राप्त गर्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे ।

त्यस्तै पराजुलीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक रहेको उनले औंल्याए । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर नभए विकासले गति लिन नसक्ने उल्लेख गरे ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ११ का तीर्थेन्द्र नेउपाने, १४ सूर्यनारायण महतो, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत राप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरुले खादा, माला र अविर लगाएर विदाई गरे ।

मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर