AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

३८ वटा मानव खप्पर र १० वटा नली खुट्टासहित विराटनगरबाट एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०८१, आईतवार १६:३६
531
Shares
विराटनगर / भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

आज विहान भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का ३७ वर्षीय विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।

गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतका अनुसार रिक्सामा राखेर भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा ड्युटीमा रहेको सशस्त्र प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको छ ।

उनीसँगै रहेकी १ जना महिला रिक्साबाट ओर्लिएर फरार भएकाले खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर