AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८१, मंगलवार १७:३१
72
Shares
विराटनगर / नेकपा एमालेका नेता जीवन घिमिरेले लेखेका ‘कमरेड हिजो र आज’ पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ ।

प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गरे । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गरेका हुन् । पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको लेखक घिमिरेले बताउनुभयो । उहाँका अनुसार ‘कमरेड हिजो र आज’ श्रोत पुस्तकको हो ।

पुस्तकमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइराला, जननेता मदन भण्डारीलगायत ४ सय पात्रहरु रहेको घिमिरेले बताए । करिव एक वर्षमा पुस्तक तयार गरिएको उनले बताए । उनले भने,‘ पुस्तकले विशेषगरि झापा, मोरङ र सुनसरीको राजनीतिलाई केन्द्रीत गरेको छ ।

हिजो उच्च योगदान भएका र हाल पछि परेकाहरुको पुस्तक मार्फत परिचय गराउन कोशिस गरिएको छ ।’ २०३६–०४६ आन्दोलनका समयका पात्रहरुका बारेमा शोध गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी श्रोत हुने घिमिरेको भनाई छ ।

पुस्तकको विमोचनका अवसरमा पुस्तकमा समेटिएका पात्रहरुलाई सम्मान गरिने लेखक घिमिरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर