AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०८१, शनिबार १८:३०
99
Shares
विराटनगर / सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ ।

विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष सुवास आचार्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ अध्यक्ष सुशीला पाठकलगायतले संयुक्त रुपमा दुईवटै मोडलका मोटरसाइकलको सार्वजनिक गर्दै बिक्री सुरु भएको घोषणा गरे ।

हिरो मोटरसाइकलको विराटनगरस्थित आधिकारिक बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिका प्रबन्ध निर्देशक सन्तोष सिग्देलले अति नै आकर्षण ब्रान्डका हिरो मोटरसाइकल ब्राण्डमा अर्को आकर्षक दुई नयाँ मोडल ग्राहकले अति नै रुचाएको बताए । उनले हिरो मोटोकर्पले एक्सट्रिम रेजमार्फत नेपालका मोटरसाइकल चालकहरूका लागि आधुनिक सुविधा सहितको शक्तिशाली, आकर्षक र उत्कृष्ट मोडलका मोटरसाइकलको बिक्री शुभारम्भ भएको बताए ।

सीजी कम्पनीका मार्केटिङ म्यानेजर विक्रम पौडेलले एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा विश्वस्त रहेको बताए ।

सार्वजनिक गरिएका दुवै मोडेलहरू नेपालको नवलपरासीस्थित सीजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा निर्माण गरिएको हो । हिरो मोटरसाइकल तथा स्कुटरहरू नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्रान्डमा चिनिने गर्दछ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सप्लस २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको मोटरबाइक बजारमा बलियो पकड जमाएको छ ।

सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै एबीएस भेरियन्टका लागि भने ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको जनाइएको छ । दुवै मोडलका मोटरसाइकलको सार्वजनिक कार्यक्रमका अवसरमा पहिलो एक्सट्रिम १६० आर फोरभी खरिद गर्ने दामोदर दाहाल र एक्सट्रिम १२५ आर खरिद गर्ने रोजन कुमार साहलाई चाबी हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा नेपालका चर्चित गायक निशान भट्टराईले गीत गाएर मनोरञ्जन प्रस्तुत गरेका थिए । डान्स च्याम्पियन नेपालकी बिजेता रोशिका राउतलगायतले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई भव्यता प्रदान गरेका थिए । कार्यक्रम अघि एक्सट्रिम मोटरसाईकलको ¥याली समेत निकालिएको थियो । ¥यालीले नगरका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर