AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एनसीडिए कोशी प्रदेशको निर्वाचन काफ्ले र बरालको समूह चुनावी मैदानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०८१, बुधबार १९:२०
135
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ ९एनसीडिए० कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्रप्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

विराटनगरको एपोलो फार्मेसीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने बराल विर्तामोडको ओसन मेडिकियर प्रालिका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना र बरालको समूहबाट सूर्यप्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअिघ औषधी व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष समेत हुन् । त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरामलको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् ।

महासचिबवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट महासचिबमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालिन कोशीका पुर्व अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर