AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भरुवा बन्दुक र गोलीसहित धरानको चारकोसे जंगलबाट सिकारी समूहका ५ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०८१, आईतवार १८:३५
27
Shares
विराटनगर / वन्यजन्तुको चोरी सिकारीमा संलग्न एउटा समूहलाई प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१९ स्थित चारकोसे जंगलबाट शनिबार राति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा ४ च ४३३ नम्बरको कारमा सवार रहेको ५ जनाको समूहलाई राति १० बजेतिर पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरी, रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनय राजधामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल पक्राउ परेका छन् । उनीहरु कारमा सवार थिए । कार ज्योतिष चौधरीले चलाएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद ३ बट्टा र १ पोका तथा खुकुरी १ थान बरामद भएको छ । भरुवा बन्दुकसहितका सामग्री कारको दोस्रो सिटको भुइँमा फेला परेको एसएसपी दाहालले बताए । उनका अनुसार यो समूहलाई इटहरीको तरहराबाट रासतालतर्फ जाँदै गर्दा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर