RUMPUM
animated ellipse animated ellipse

सोसाइटीद्धारा पाचँ जना ठेला वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७३, सोमबार २०:३४
3
Shares
विराटनगर, २१ चैत ।/सडक पेटीमा कष्टपुर्ण रुपमा व्यवसाय चलाउदै जिविको पार्जन गर्दे आएका गरिव निमुखा पाचँ जना साना व्यवसायलाई एक सस्थाले ठेला प्रदान गरेको छ ।
नेपाल डेप्लोमेन्ट सोसाइटीले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी सुनसरी र मोरङका पाचँ जना साना व्यवासायलाई ठेला प्रदान गरेको हो । अब्जल हुसैनको अध्यक्षतामा भएको सो ठेला वितरण कार्यक्रमा करिव ५० हजार पर्ने ठेला विराटनगरका युवा समाजसेवी अनिश आलम र अब्लदुल हाई र डा सरिफ ले संयुक्त रुपमा प्रदान गरेका थिए ।
कार्यक्रममा समाजसेवी आलमले कष्टकर रुपमा फुटफाटमा साना व्यवसायी गर्नेलाई ठेला प्रदान गरेर व्यवसायी ठुलो बनाउने जिम्मेवारी बढेको बताए । उनले गरिव र निमुखालाई कतैवाट सहयोग नहुने बखत सोसाइटीले प्रदान गरेको ठेलाले जिविकोपार्जन गर्न धेरै नै सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनीहरुले यस अघि झोलामा व्यवसायी गर्दै कष्टपुर्ण जिविको पार्जन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर