AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टिभिएसको नयाँ इलेक्ट्रिक स्कुटर विराटनगरमा आयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०८१, शुक्रबार १९:४१
144
Shares
विराटनगर /टिभिएस कम्पनीको नयाँ इलेक्ट्रिक स्कुटरआइक्युबको २।२ किलोवाट आवर भेरियन्ट पूर्वी बजारमा पनि आइपुगेको छ ।

टिभिएसको अधिकारिक बिक्रेता केशरीचन्द भंवरलालले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी इलेक्ट्रिक स्कुटरआइक्युबको २।२ किलोवाट आवर भेरियन्ट पूर्वी बजारमा आएको हो ।

यो नयाँ भेरियन्टको मूल्य दुई लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ।

यसले इलेक्ट्रिक सवारीसाधनलाई नेपाली बजारमा अझ पहुँच योग्य बनाएको कम्पनीले जनाएको छ । यस भेरियन्टमा २ घण्टाभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा दिइएको छ । ७५ किमी प्रतिघण्टाको टप स्पिड, ५ इन्चको डिजिटल टिएफटी स्क्रिन, र ३० लिटरको अन्डर सीट स्टोरेज जस्ता सुविधा यसमा छन्।

कम्पनीका मधु प्रकाश सिंहले दुई पांग्रे इलेक्ट्रिक सवारीको माग बढी रहेको समयमा आफूहरूले आइक्युबको नयाँ भेरियन्ट ल्याएको बताए।

‘नेपाली बजारमा दुई पांग्रे इलेक्ट्रिक सवारी साधनको माग बढिरहेको छ। टिभिएस आइक्युबको यो नयाँ भेरियन्टले यो यात्रालाई अझ गतिशील बनाउनेछ। हामी यसलाई नेपालभरका ४० भन्दा बढी आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध गराउनेछौं,’ उनले भने।

यो स्कुटरमा ग्राहकले विभिन्न चार्जिङ र मूल्य विकल्प पाउने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर