AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सबैलाई निर्वाचनमा आउन सभापति देउवाको अपिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार २०:४४
3
Shares
फाइल तस्वीर
इटहरी, १९ चैत / नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा व्यवस्था भए अनुसार आगामी माघ ७ भित्रमा तीनैतहको निर्वाचन सम्पन्न गरी नेपाललाई समृद्ध जन प्रतिनिधिसहितको राज्य स्थापित गराउन एकढिक्का भएर निर्वाचनमा आउन सबैलाई अपिल गरे ।
नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं २ ले आज इटहरीमा आयोजना गरेको क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले सो अपिल गरेका हुन् ।
उनले संविधानको सफल कार्यान्वयन गर्दै सम्पूर्ण नेपालीलाई आत्म सम्मानसहित अधिकार सम्पन्न गराउन निर्वाचन अपरिहार्य भएकाले कसैले पनि कुनै बहाना बाजी निकालेर निर्वाचनमा भाग लिन्न भन्नु आफूले
आफु माथि धोका दिनु बाहेक अरु केही सावित नहुनेमा पनि सभापति देउवाले जोड दिए । सभापति देउवाले मधेसी, पहाडे वा हिमाली भूगोलको विषयमा विभेदपूर्ण कुराको उखान टुक्का निकालेर मानिसलाई चिढ्याउनु भन्दा पनि कसरी देशको हित सम्भव छ भन्ने तिर लाग्नु नै नेपालको हितमा हुनेतर्फ गम्भीर भएर सोची निर्वाचनलाई सबैको अपनत्व सिर्जना हुनेतर्फ अग्रसर बन्न पनि दलहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर