AArya
RUMPUM
animated ellipse animated ellipse

सवारी चालक श्रेष्ठका परिवारलाई  जिफन्टको सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७३, शुक्रबार १९:२७
3
Shares
विराटनगर,१८ चैत / सवारी दुर्घटनामा परी ज्यान गुमाएका सवारी चालक रानकुमार श्रेष्ठका परिवारलाई ५० हजार एक सय रुपैँया रकम सहयोग गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संघले आज विराटनगरमा उनको सम्झनामा श्रद्धाञ्जली सभाको समेत आयोजना गरी सो रकम हस्तान्तर गरेको हो ।
जिफन्टका एक नम्बर प्रदेश सदस्य दिपक पौडेल, सचिव किशोर धमला, पूर्व नेपाल यातायात व्यवसायी संघ मोरङका अध्यक्ष राजन कँडेलले मृतक श्रेष्ठकी श्रीमति बिना श्रेष्ठलाई उक्त रकम हस्तान्तर गरेका हुन् ।
गत फागुन २८ गते पूर्व पश्चिम राजमार्गको बन्दीपुरमा पैदल यात्रुलाइ बचाउने क्रममा सवारी दुर्घटनामा परी रात्री बस चालक श्रेष्ठको मृत्यू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर