AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टिकटकमाथिको प्रतिबन्ध हट्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०८१, शुक्रबार १८:४०
3
Shares
विराटनगर / नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्काे निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ ।’ सरकारले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपटि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर