AArya
RUMPUM
animated ellipse animated ellipse

रतुवामाईको मेयर बन्ने दौडमा को – को

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७३, बिहीबार १९:००
3
Shares
सुमन घिमिरे
इटहरा, १७ चैत / स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा मोरङको रतुवामाई नगरपालिकामा मेयरका प्रत्याशीहरुले आ–आफ्नो पार्टी्भित्र लबिङ थालेका छन् ।
रतुवामाई नगरपालिकाको मेयरका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । त्यसमा पनि एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गत २०७० सालको संबिधान सभाको निर्वाचनमा सो क्षेत्रबाट एमालेका ऋषिकेश पोख्रेल विजयी भएका थिए । तर हाल सो क्षेत्रको राजघाट गाविस उर्लाबारी नगरपालिकामा समाहित भएपछि एमालेलाई निर्वाचन जित्न केही हम्मे भने पर्ने सोही पार्टीका नेताहरुको बिश्लेषण छ ।
मोरङको इटहरा, सिजुवा, महादेवा, झुर्किया र बरडंगाको १, ४, ५, ७ र गोविन्दपुरको बक्राहा खोला पूर्वका १, ३, ४ र ७ नम्बर वडालाई मिलाएर रतुवामाई नगरपालिका बनाईएको हो । रतुवामाई नगरका मतदाताले पनि चिया पसल देखि विभिन्न सार्वजनिक थलोहरुमा सम्भावित उम्मेदवारका बारेमा चर्चा गर्न थालेका हुन् ।
उम्मेदवारका दावेदारहरुले पनि आफ्नै तरिकाले मतदाता र कार्यकर्तासँग भेटघाट तिब्र पारेका छन् ।
रतुवामाई नगरपालिकामा करिब करिव ४२ हजार मतदाता रहेका छन् । अन्तिम नामावली भने निर्वाचन आयोगले अद्यावधीक भएको विवरण सार्वजनिक गरेपछि मात्र जानकारी हुनेछ ।

२०७० को निर्वाचन परिणामका आधारमा रतुवामाई नगरपालिकामा एमाले बलियो शक्ति हो । यसअघिका निर्वाचनमा काँग्रेसले एकलौटी जितेपनि एमालेले पहिलो पटक २०७० सालको निर्वाचन जितेको हो ।
यसअघि २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा साविक इटहरा, सिजुवा, गोबिन्दपुर र महादेवा गाविसमा एमालेले जित हात पारेको थियो भने झुर्कियामा काँग्रेसले जितेको थियो । बरडंगाको १ र ७ नम्बर वडा एमालेले र ४ र ५ नम्बर वडामा काँग्रेसले जित हात पारेको थियो । सो नगरको इटहरा गाविस जननेता मदन भण्डारीको कर्म भूमि समेत हो ।
इटहरालाई एमालेको गडको रुपमा चिनिन्छ । साविक इटहरा, सिजुवा र गोबिन्दपुर गाविसमा एमालेको राम्रो प्रभाव रहे पनि दक्षिणी क्षेत्रमा भने निकै कसरत गर्नु पर्ने देखिन्छ ।

एमालेका दावेदारहरु
रतुवामाई नगरपालिका मोरङमा नयाँ नगरपालिका हो । यसैवर्ष मात्र घोषणा भएको यस नगरपालिकामा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि कसले जित्छ भन्नेमा यकिन छैन । एमालेभित्र भावी उम्मेदवारका रुपमा बिभिन्न नेताहरुको चर्चा भएपनि पार्टीमा आधिकारिक छलफल नभएको नेताहरुले बताए । भित्रभित्रै दावेदारले आफ्नो पक्षमा लविङ्ग थालिसकेका छन् ।

रतुवामाई – ८ इटहरा घर भएका टिकेन्द्र पोमु स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । सरस्वती उच्च माध्यमिक विद्यालयमा प्रचार्यको भूमिका निर्वाह गरेर हाल इटहरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका पोमु मेयरका प्रमुख दाबेदार हुन् । उनी सामान्य जीवन शैली जिउने र सामाजिक छवी उच्च भएको मान्छेमा चिनिन्छन् ।

एमाले क्षेत्रिय कमिटी अध्यक्ष विश्वनाथ राय मेयरका अर्का दाबेदार हुन् । सो नगरमा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि रायलाई मेयरमा उठाउनुपर्ने कार्यकर्ताको माग छ । एमालेबाट मेयरका अर्का सशक्त दावेदार गोपी चाँपागाई देखिएका छन् । उनी एमाले जिल्ला सदस्य समेत भएकाले मेयरका बलियो उम्मेदवार हुन सक्छन् । बिद्यार्थी र युवा संघबाट राजनिति सुरु गरेका चापागाईं सो क्षेत्रका सांसद् ऋषिकेश पोख्रेल निकट चिनिन्छन् । एमालेबाट दुर्गा बिष्ट र रुपनारायण मिश्र पनि मेयरका आकांक्षी रहेका छन् ।

कांग्रेसबाट को छ दावेदार

रतुवामाईमा कांग्रेसका तर्फबाट मेयरका लागि ४ जनाले दावी गरेका छन् । तर उपमेयरका बारेमा भने अझै मौन छन् । कांग्रेसका तर्फबाट मेयरका लागि दावेदारका रुपमा साविक इटहरा गाबिस घर भएका खड्ग चोङवाङ मेयरका प्रमुख दाबेदार हुन् । चोङवाङ स्थानीयवीच परिचित कार्यकर्ता हुन् । त्यस्तै कन्हैयालाल राजबंशी पनि दावेदार हुन् । काँगे्रसबाट नागेश्वर सिंह र रविन राईले पनि मेयरमा दाबी गर्दै आएका छन् ।

माओवादी केन्द्रबाट पौडेल

माओवादी केन्द्रबाट भने साविक सिजुवा गाबिस घर भएका प्रकाश पौडेल मात्र अहिलेसम्म दाबेदारका रुपमा देखिएको छ । साझेदारी वन पथरीशनिश्चरेका अध्यक्ष समेत रहेका पौडेल स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर