AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तेस्रो प्याब्सन कपको सेमिफाइनलमा ग्यालेक्सी र मोर्डन एरा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०८१, शनिबार १८:००
162
Shares
विराटनगर / तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।

विराटनगरको सहिद मैदानमा आज भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले एभरेष्टलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

जितको लागि ग्यालेक्सीका निर्णायक गोल निरज चौधरीले गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मोर्डन एराले सनसाइन स्कुललाई २–० गोलले हरायो । जितको लागि अमन माझीले दुई गोल गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको आइतबारको पहिलो खेल गोदावरी र सगरमाथा स्कुलबीच र दोस्रो खेल सेन्ट जोसेफ र डिपिएस स्कुलबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर