पूर्वाञ्चल खबर

चाईनाको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार आज विहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) ले हस्ताक्षर गरे । उक्त अवसरमा कोशी एनके का एमडी टीआर ढकालको समेत उपस्तिथि थियो ।
सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारीत चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो ।
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको यस कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले बताए। उनका अनुसार १ वर्ष भित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने छ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने छ ।