AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिष्ठान खारेजको विरुद्ध विराटनगरमा मानव साङ्लो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७३, शनिबार १६:२८
3
Shares
विराटनगर, १२ चैत /नेपाल आदिवासी जनजाती सामुदायहरुको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै विराटनगरमा मानव साङ्गो निकालेका छन् ।
जिल्लाभरीको आदीवासी जनजाति सामुदायका मानिसहरु भेला भएर विराटनगरमा वृहत मावन साङ्गो शनिबार निकालेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ मोरङ र नगर परिषद विराटनगरले संयुक्त रुपमा आयोजना गरेको मानव साङ्गोमा एक हजार जनको सहभागिता रहेको थियो । मोरङमा रहेको विभिन्न २२ वटा जातिय संस्थाका प्रतिनिधिहरु भेला भएर जिल्ला प्रशासन कार्यालय मोरङ देखिको मानव साङलोले विराटनगरको गोल्छा चोक, वडा प्रहरी कार्यालयदेखि जलजला मोडसम्मको मानव साङ्गो रहेको थियो ।
उनीहरुले दुई घण्टा मानव साङ्गो बनाएर प्रतिष्ठान खारेजको विरोध गरेका थिए । उनीहरुले परिमार्जन सहित संविधान संशोधन, आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटान गरी विशेष स्वायत र सुरक्षित क्षेत्रको निर्धारण, स्थानिय तह अन्र्तगत गाउँपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटान गर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफ्नो अधिकार सुनिश्चित गर्न सरकार सँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर