AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चाँदीको गरगहनासहित एक भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०८०, बिहीबार १८:५३
333
Shares
विराटनगर / दुई किलो बढी चाँदीको गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मोरङ रंगेली नगरपालिका ७ कालि मन्दिर चोकमा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं १३ बस्ने बर्ष २२ का महमद अलताफले चाँदीसहित पक्राउ परेका हुन् ।

आमबारी– विराटनगर चल्ने को. १ ख. ३२११ नम्बरको यात्रु बाहक बसमा रंगेली नगरपालिका ५ धनपट्टी बोडरबाट विराटनगर तर्फबाट आएका अलताफले अवैध रुपमा चाँदी लुकाई–छिपाई लगेको गोप्य सुचनाको आधारमा शंका लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिईएको टोलीले चेकजाच गर्ने क्रममा उनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले कालो झोलाबाट चाँदीको पाउजु ६९ जोडी,चाँदीको लोटा २५ थान,चाँदीको कलस ६ थान गरी २ के।जी। ५४८ ग्राम चाँदी सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरेको सामान सहित उनलाई इप्रका रंगेलीमा ल्याई थप अनुसान्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर