AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा साविक २३ गाविस खुल्ला दिशामुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० चैत्र २०७३, बिहीबार १८:१९
3
Shares
विराटनगर, १० चैत/ मोरङमा साविकको २३ वटा गाविस खुल्ला दिशामुक्त घोषणा भएको छ ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागि परेको विभिन्न संघसंस्थाको सक्रियतामा हालसम्म २३ वटा साविकको गाविस घोषणा भएको बताइएको छ ।
५० वटा गाविस खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिएकोमा हालसम्म साविकको २७ वटा गाविस खुल्ला दिशामुक्त घोषणा भएको नेवाको कार्यक्रम संयोजक सन्तोष पासवानले जानकारी दिए । मोरङमा हालसम्म प्लान र नेवाले ९ वटा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विराटनगरले ६ वटा, साविकको जिल्ला विकास समितिको कार्यालय मोरङले एक, वल्ड भिजन र वेलले ३ र एमडीएमएसले १ वटा साविकको गाविस खुल्ला दिशामुक्त घोषणा गरेको छ । चालू आर्थिक वर्षमा १२ वटा साविकको गाविस खुल्ला दिशामुक्त घोषणा गर्ने तयारीमा विभिन्न संघसंस्थाहरू लागि परेको छ ।
चैत महिनाको अन्तिममा साविकको तीन वटा गाविस खुल्ला दिशामुक्त घोषणा हुने तयारीमा रहेको संयोजक पासवानले जानकारी दिए । उनका अनुसार बबिया विर्ता, कदमाहा चैत अन्तिममा हुने बताए । मोरङमा खुल्ला दिशामुक्तको लागि एक वर्षमा ४५ लाख ४८ हजार ६ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ ।
खुल्ला दिशामुक्तसँगै चालु आर्थिक वर्षमा मोरङमा साविकको सात वटा गाविसमा २ सयको दरले १ हजार चार सय घर पूर्ण सरसफाई मुक्त घोषणा गर्ने तयारी गरेको छ । पहिलो चरणमा तेतरीया, पोखरीया, हसन्दर, बनिगामा, मोतिपुर, जाते र थलहाको घर रहेको छ । राजघाट र केराबारीमा रणनितीक कार्ययोजना बनाएर काम गर्ने तयारी गरेको पासवानले बताए । पूर्ण सरसफाई मुक्त भएको घरलाई हरीयो स्टिगर दिएर सरसफाई मुक्त घर घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर