AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचनमा अर्थपूर्ण सहभागिता हुनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार १८:५६
3
Shares
विराटनगर, ८ चेत/ स्थानिय तहको निर्वाचनमा दलित समुदायको अर्थपूर्ण सहभागिताका गराईनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
मंगलवार ५२ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसकोको अवसरमा वल्ड भिजनको सहयोगमा राष्ट्रिय मानव अधिकार आयोग र रिडेफ नेपालले आयोजना गरेको कार्यक्रममा सहभागिले स्थानिय तहको निर्वाचनमा दलितको अर्थपूर्ण सहभागिताकालागि आरक्षित कोटाको व्यवस्था कार्यन्यनमा ल्याउनु बताए ।
कार्यक्रमका बक्ताहरुले दलित समुदायलाई सहभागी गराउन सबै राजनितिक दलहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै मोरङका स्थानिय विकास अधिकारी शोभाखर रेग्मीले स्थानीय तहको निर्वाचनमा लक्षित समुदायको प्रतिनिधित्वको अनिवार्यता गरिएको बताए । कार्यक्रममा बोल्दै दलित अगुवा उमेश विश्वकर्माले विगतमा पनि स्थानिय तहमा दलितहरुको सहभागिता रहेको भएपनि अहिले भने कानुनी रुपमा नै तोकिएर बाध्यकारी व्यवस्था गरिएकाले दलितहरुको सम्मानजनक सहभागिताको सुरुवात भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले दलितहरुका मुद्दा दलित समुदायले मात्रै नभएर गैरदलितहरुले पनि उठाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर