AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारी नेपाल मोरङलेले गरयो चाडपर्व लक्षित शुभकामना आदान प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०८०, शुक्रबार १७:१४
198
Shares
विराटनगर / नेकपा एमाले निकट प्रेस चौतारी नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

पत्रकार रामचन्द्र अधिकारी र उनकी श्रीमती कल्पना तिम्सिना अधिकारीको जोडीले नृत्य गर्दै

एमाले स्थायी समिति सदस्य डा. शिवमाया तुम्हाम्फको प्रमुख अतिथिमा भएको दशै। शुभ–दीपावली, नेपाल सम्बत तथा छठलगायतको चार्डपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता र पत्रकारहरूको जोडीले फरक फरक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
पत्रकार रामचन्द्र अधिकारी र उनकी श्रीमती कल्पना तिम्सिना अधिकारीको जोडीले नृत्यमा उत्कृष्ट स्थान हासिल गरेका छन् ।

एक दर्जन भन्दा बढि नेता र पत्रकारहरूको जोडीलाई पछाडि पार्दै पत्रकार रामचन्द्र अधिकारीको जोडीले प्रथम स्थान हासिल गर्न सफल भएको हो । उक्त जोडीलाई एमालेका नेता विनोद ढकालले नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव पत्रकार विक्रम लुईंटेलको निर्णायक समितिले पत्रकार अधिकारी दम्पत्तिलाई उत्कृष्ट जोडी घोषणा गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे र रामलाल साह पत्रकार रामचन्द्र अधिकारी, विक्रम लुईंटेल, नरेन्द्र दाहाल, पुष्पराज थपलिया, किशोर बुढाथोकीको जोडीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालाले कार्यक्रममा सहभागि अतिथि एवं पाहुनाहरूलाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर