AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०८०, सोमबार १७:४३
999
Shares
विराटनगर / २५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

पक्राउ परेकामध्ये तामाङ ट्रक चालक हुन् । उनीहरूले तामाङले चलाउने प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकभित्र बलात्कार गरेका हुन् । चौहान सह–चालक हुन भने १६ वर्षीय बालक अर्काे ट्रकमा काम गर्ने सह–चालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

तीनै जना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटेलमा पुगेका थिए । खाना खाएपछि सिटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आएको डिएसपी दाहालले बताए ।

उनका अनुसार फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा र्पुयाएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पार्किङ गरेर राखेको दुई वटा ट्रकको बिचमा रहेको खाली ठाउँमा र्पुयाएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’

पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदल यात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डिएसपी दाहालले बताए ।

घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनै जना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोडबाट ट्रकको अगाडिको सिसा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी डिएसपी दाहालले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर