AArya
RUMPUM
animated ellipse animated ellipse

चाडपर्व लक्षित प्रहरीको सुरक्षा, सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ कडा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ आश्विन २०८०, मंगलवार २०:५९
144
Shares
विराटनगर / विराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ । जस अन्तरगत हिजो ४१ वटा सवारी साधन चेकजाँच तथा २०० जना मानिसहरुलाई सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो ।

यसैबीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (रिट) बाट खटिएको प्रहरी टोलीले अबैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको छ । विशेष सूचनाको आधारमा सोमबार राती खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–६ मा भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अबस्थामा अन्दाजी १ लाख ९६ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी विराटनगर भन्सार कार्यालय बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर