खबर पूर्वाञ्चल
विराटनगरको बहिरा माविमा भएको प्रशिक्षणमा नेपाल स्काउटको राष्टिय प्रशिक्षक नवलप्रसाद उपाध्यायले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए। सो तालिम स्काउटको ५५१ विटिसि ४०३ औ पिटिसि आधारभुत तालिम हो ।
तालिममा ३२ पुरुष र १७ महिला रहेका छन । ५ रात ६ दिन संञ्चालन भएको सो तालिमका सहभागिलाइ विराटनगर महानगरपालिकाको कार्यबाहक मेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गरिन्। सो कार्यक्रम नेपाल स्काउट विराटनगर तदर्थ समितिको आयोजना र नेपाल स्काउट कोशिप्रदेश कार्यलयको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।