AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा दशैं फुड फेस्टिबल हुने, २५ स्टल रहने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०८०, आईतवार १८:२७
639
Shares
विराटनगर / विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ ।

विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो ।

मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजना फेस्टिबल हुन लागेको विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातका २० देखि २५ वटा जातीय परिकारको खानाको स्टल रहने मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । विगतका भन्दा भव्य र सभ्य तरिकाको फुट फेस्टिबल हुने उनले बताए । फेस्टिवलको अवधि भरी राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतीले थप रमाइलो हुने उनले बताए । फुड फेस्टिवल सम्पन्न गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यस पटकको फेस्टिवलमा स्टल पनि छुट्टै तरिकाको गर्ने योजना रहेको भाजु युवराज फाउण्डेसनका यूनेशराज श्रेष्ठले बताए । यसअघि बाँस लगाएर स्टल बनाउने गरेको थियो । यस पटक बाँस नभए आकर्षक स्टर बनाउने उनले बताए । स्टल शुल्क भने आयोजकले अहिले तोकेको छैन । केही दिनपछि शुल्क तोक्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर